१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्सः काम गरौँ, तब पाचन प्रणाली ठिक हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आजकल आशिर्वाद दिँदा तिम्रो पाचन प्रणाली ठिक होस भन्ने अवस्था नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘आजकल आशिर्वाद दिँदा तिम्रो पाचन प्रणाली ठिक होस् भन्ने चलन छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘उहिले–उहिले तिम्रो पाचन प्रणाली ठिक रहोस् भन्थे।’  

स्वास्थ्य रहनका लागि पाचन प्रणाली महत्वपूर्ण रहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘होइन भने न भोक लाग्छ, न निन्द्रा लाग्छ, त्यसपछि न प्रतिरोध क्षमता हुन्छ।’ पाचन प्रणाली कसरी ठिक हुन्छ भन्दा–‘दिनभर काम ग¥यो, थकाई लाग्यो, मस्त निदायो। ठिक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

काम गरेन भने भोक नलाग्ने, पाचन प्रणाली ठिक नहुने उनले बताए। उनले भने, ‘काम गरेन भने आन्द्राभुँडी नै चलिराख्या हुँदैन, बिस्तारै अल्छी लागेजसरी चल्छ। कहाँबाट भोक लाग्नु? यी कुरामा हामी आफै पनि सचेत रहन जरुरी छ।’    

प्रकाशित: २५ वैशाख २०८२ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App