१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनमत र नागरिक उन्मुक्तिले गरे संसद् अवरोध

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसद् अवरोध गरेका छन्। 

मंगलबारको बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोजेका थिए सो समयमा जनमत र नागरिक उन्मुक्तिले संसद् अवरोध गरेका हुन्।

घिमिरले आफूले सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्न आग्रह गरेका छन् । उनीहरूले वैशाख १७ गते नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गरेका छन् ।

आज बैठक सुरु हुनासाथ नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले धारणा राखेकी थिइन् । उनले पनि रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी थिइन्।

प्रकाशित: २३ वैशाख २०८२ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App