१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्वअर्थमन्त्री भन्छन्- नीति तथा कार्यक्रमले लोकप्रियतावादको कुरा गरेको छैन, राम्रो छ

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका नीति तथा कार्यक्रम राम्रो रहेको बताएका छन्।

सोमबार (आज) बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महतले यस्तो बताएका हुन्। 

'यो नीति तथा कार्यक्रमले लोकप्रियवादको कुरा गरेको छैन। बरु जानेर नगर्नुपर्ने कुरा गर्दैनौँ र गर्नुपर्ने कुरा यो यो गर्छौँ भनेर भन्ने हिम्मत गर्न सकेको छैन,' उनले भने।

अगाडि उनले भने, 'नीतिगत रूपमा विमति राख्नुपर्ने कारण छैन। मुख्य समस्याको जड कार्यान्वयन नै हो। कार्यान्वयन तहमा हामी सक्रिय हुनुपर्छ। राज्य संरचनामा अनुशासन हुनुपर्छ।'

उनले नेताहरू 'पपुलिस्ट' हुँदै गएको पनि टिप्पणी गरे। 'हामी लोकप्रियवादको सिकार भएका छौँ। मूल नेतादेखि विभिन्न नेताहरूले अभिव्यक्ति दिन्छौँ, हाम्रो अगाडि जुन समूह पर्छ, त्यसका सारा कुरा समाधान गरिदिन्छु भन्छौँ। ती सम्पूर्ण समस्या समाधानका लागि हामीसँग कति स्रोत छ ? कति साधन छ, त्यो हामीले ख्याल गर्दैनौँ। अनि हाम्रो विश्वसनीयता घटेको छ। यदि हामीले हामीसँग यति साधन छ र हामीले यो वर्ष यति गर्न सक्छौँ, यो यो आधारमा यसलाई प्राथमिकता दिन्छौँ भन्यौँ भने जनताले बुझ्छन्। तर, हामी जे सुन्न चाहन्छन्, त्यही सुनाउने भनेर भनेर तँछाडमछाड गर्छौँ,' उनले भने।

प्रकाशित: २२ वैशाख २०८२ १९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App