१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै जारी रिले अनसनमा नवराज सुवेदीको ऐक्यबद्धता

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवीन्द्र मिश्र लगायत आस्थाका बन्दीको बिनासर्त रिहाइ माग गर्दै ललितपुरको जावलाखेलमा जारी रिले अनसनप्रति ऐक्यबद्धता जनाएका छन्।

शनिबार अनसनस्थल पुगेर सुवेदीले सहभागीहरूसँग भेट गरी मानव अधिकारको सम्मान र आस्थाका बन्दीको रिहाइको मागलाई समर्थन गरे।

रिले अनसनका मागहरूमा आस्थाका बन्दीको रिहाइ, मानव अधिकारको प्रत्याभूति, हिन्दु अधिराज्य कायम गर्ने र राजसंस्था पुनर्स्थापना समावेश छन्।

अनसनकारीहरूले सरकारले झुटा मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतलाई फसाउन खोजेको आरोप लगाएका छन्।

आयोजकका अनुसार, दोस्रो दिनमा प्रवेश गरेको यो अनसन सरकारले आस्थाका बन्दीहरूलाई रिहा नगरेसम्म जारी रहनेछ।

कार्यक्रममा तीनकुने घटनामा मारिएका सुरेश रजक र सविन महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

प्रकाशित: २० वैशाख २०८२ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App