कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीको सुरक्षाको ग्यारेन्टी गर्न संघ र प्रदेश सरकार तयार रहेको बताएका छन् ।
आजदेखि विराटनगरमा सुरू भएको कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले लगानीको सुरक्षाको ग्यारेन्टी गर्ने बताएका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको तर्फबाट पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको बताए । केही बर्ष पहिले देखि नै लगानी सम्मेलन आयोजना गर्ने सोच बनाए पनि बल्ल सफलता मिलेको कार्कीको भनाई छ । विभिन्न ८ वटा क्षेत्रमा ७१ वटा परियोजना लगानी सम्मेलनमा सोकेश गरिएको कार्कीले जानकारी दिए । लगानीकर्ताहरूसँग छलफल गर्दा लगानीकर्ता, निजी क्षेत्र उत्साहित देखिएको उनको भनाई छ । संघीय सरकारले कानुन संशोधन गरेर लगानीको वातावरण तयार पारेको कार्कीले दाबी गरे ।
निजी क्षेत्र र लगानीकर्ताको वारेस बनेर संघीय ऐनलाई पनि संशोधन गर्ने, लगानीको सुरक्षाको ग्यारेन्टी गर्ने, लगानीकर्तालाई हौसला बढाउने कार्कीले भने । लगानी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानविर राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत विराटनगर आएका छन् ।
प्रकाशित: १८ वैशाख २०८२ १३:१५ बिहीबार





