१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रदीप ज्ञवालीलाई प्रश्न- देउवालाई ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुहुन्छ ?

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता समीकरण परिवर्तन नहुने दाबी गरेका छन्। बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

बाहिर हल्ला भए जसरी सत्ता समीकरण परिवर्तन नहुने उल्लेख गर्दै उनले भने, 'मलाई लाग्दैन कि नेपाली कांग्रेसका सभापतिलाई पनि त्यस्तै केही लागिसकेको छ।'

अगाडि उनले भने, '१२ बुँदे भनौँ वा विस्तृत शान्ति सम्झौता भनौँ, त्यसबाहेक राजनीतिक दलहरूका बीचमा भएका सयौं सम्झौताहरू पार्लियोमेन्टमा गएका छैनन्। कतिपय जेन्टलमेन्ट एग्रीमेन्ट भनिने कुराहरू नेताहरूका मन मनमा हुने र त्यसले संशय पैदा गर्ने पृष्ठभूमिबाट हामी आएका हौँ। प्रधानमन्त्रीले औपचारिक रूपमा संसद्‌मा रेकर्ड गराउनुभएको छ।'

प्रधानमन्त्रीले पद हस्तान्तरण गर्नु नै हुन्छ ? भन्ने प्रश्नमा उनले थपे, 'उहाँले एक हप्ता अगाडि नै हस्तान्तरण गर्ने भनेर भन्नुभएको छ।'

प्रकाशित: १७ वैशाख २०८२ २०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App