११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपनाजस्तै हो : राप्रपा सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै भएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो टिप्पणी गरेका हुन्। आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने परम्पराको कारण गरिब जनाताका छोराछोरीहरूले पढ्न नपाएको उनको भनाइ छ।

उनले पटक पटक व्यवस्था र सरकार परिवर्तन हुँदा समेत शिक्षा नीतिमा परिवर्तन नगरिएको भन्दै यही नीतिबाट मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरे।

प्रकाशित: १६ वैशाख २०८२ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App