११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजावादीको कार्यक्रममा गंगा चौधरीको भड्काऊ भाषण

पूर्व एमाले सांसद गंगा चौधरीले राजावादी मञ्चमा भड्काऊ भाषण दिएकी छन्। सोमबार राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चौधरीले ‘गोली ठोक्नुपर्ने’देखि रगत पिउन मन लाग्नेसम्मका भड्किला अभिव्यक्ति दिएका हुन्। 

‘अहिले पनि मेरो परिवारबाट सय डेढ सय जना प्रहरीमा छन्,’ चौधरीले भनिन्,‘उहाँहरूले पनि म भनिराखेको छु राष्ट्रका लागि बोलिराख्नेलाई गोली बर्साउने होइन भ्रष्टाचारी, देश लुट्ने, २०५ बैङ्क लुट्ने त्यस्ता अपराधीलाई गोली ठोक्ने बेला आएको।’

यस्तै चौधरीले आमसभा र जुलुसले मात्रै राजसंस्था नफर्कने बताइन्। उनले भनिन्, ‘राष्ट्रवादी मित्रहरूलाई के भन्न चाहन्छु भने–यसरी आमसभा, जुलुस गरेर होइन, मिल्दैन अधिकार। १७ हजारको रगतसँग होली खेलेकाले त्यत्तिकै सत्ता छाड्दैनन्। यो कुरा बुझ्नुपर्ने जरुरी छ।’ 

तीनकुने घटनातर्फ इङ्गित गर्दै उनले ‘दुई जनाको ज्यान गएको छ, अढाई सय राउन्ड गोली बर्साउनेलाई के कारबाही गर्ने?’ भन्दै ‘जनताले निर्णय गर्नेछन् भोलिको दिनमा’ भनेर भनिन्। 

‘१० वर्षे द्वन्द्व कालमा म प्रहरी परिवारको भएकाले न सुत्न मिल्थ्यो, लुकिलुकी हिँड्नुपर्थ्यो,’ चौधरीले भनिन्,‘श्रीमानसँग भन्थे–तपाईँसँग म पनि शहादत प्राप्त गर्छु भन्ने अवस्था सिर्जना भएको थियो।’ 

आफ्नो ससुरालाई द्वन्द्व कालमा माओवादीले तीन टुक्रा पारेर मारेको चौधरीले बताइन। उनले भनिन्,‘ मेरो ससुरालाई तीन टुक्रा पारेर माओवादीले मा¥यो। अहिले सम्झँदा खेरी मैले तिनीहरूलाई अगाडि पाए कसैले मारेर दियो भने म शाकाहारी मान्छे तिनीहरूको रगत पिउँछु भन्ने रिस उठ्छ। के म यो बिर्सन सक्छु।’ 

चौधरी २०७९ को निर्वाचनमा टिकट नपाएपछि एमाले छाडेर दाङ–१ बाट स्वतन्त्र लडेकी थिइन। पछिल्लो समय राजावादी आन्दोलनमा सामेल भएकी छन्। 

प्रकाशित: १५ वैशाख २०८२ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App