११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षकलाई सुमनाको अपिल : ‘तानाशाही नस्विकार्नुहोस्, पार्टी सदस्यता त्याग्नुस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले शिक्षक आन्दोलनमाथि भएको दमनले सत्ताधारी नेताहरूको नैतिकता र चरित्र उदाङ्गो भएको बताएकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले शिक्षकहरूलाई तानाशाही प्रवृत्ति अस्वीकार गरी पारदर्शी र कार्यसम्पादनमा आधारित प्रणालीका लागि एकजुट हुन आह्वान गरिन्।

श्रेष्ठले शिक्षकहरूले विगतमा देशको व्यवस्था परिवर्तनमा योगदान दिएको स्मरण गर्दै नेताहरूको संस्कार भने नबदलिएको टिप्पणी गरिन्।

“शिक्षक साथीहरू, तपाईंहरूले नेताहरूलाई बुइँ चढाएर शीर्षस्थानमा पुर्‍याउनुभयो, तर आज उनीहरूले गरेको दमनले उनीहरूको चरित्र छर्लङ्ग भएको छ,” उनले लेखिन् “यत्रो दिन आन्दोलन गर्दा पनि न वार्ता गर्न सक्ने, न तथ्यगत आधारमा छलफल गर्न सक्ने—तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर यो तानाशाही प्रवृत्ति अस्वीकार गर्नुस्।”

उनले शिक्षकहरूलाई पार्टीको सदस्यता त्यागेर स्वतन्त्र रूपमा संस्कार परिवर्तनको आन्दोलनमा सहभागी हुन आग्रह गरिन्। “अब तपाईंहरूले छान्ने बेला आएको छ—‘आफ्नो’ मान्छे र ‘भेटी’ चढाउने प्रणालीको निरन्तरता कि वृत्तिविकासको पारदर्शी र विधिसम्मत प्रणाली ? कुनै राजनीतिक पार्टीको छायाँमा बस्ने कि कार्यसम्पादनमा आधारित विधि ?” उनले प्रश्न गरिन्।

शिक्षकहरू २६ दिनदेखि विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत छन्। आइतबार नयाँ बानेश्वरमा भएको प्रहरी–शिक्षक झडपमा २७ जना शिक्षक घाइते भएका छन्।

प्रकाशित: १४ वैशाख २०८२ १६:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App