८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार जारी समवेदना सन्देशमा उनले शोकसन्तप्त परिवार र भारत सरकारप्रति गहिरो सहानुभूति प्रकट गरे। “हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मू कश्मीरमा भएको आतङ्ककारी आक्रमणमा धेरै हिन्दू तीर्थयात्रीको दुखद निधन भएकोमा हामी अत्यन्त दुखी छौँ। एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारमा आत्मीय समवेदना,” पूर्वराजा शाहले सन्देशमा भनेका छन्।

उनले ‘वसुधैव कुटुम्बकम्’ को सनातन वैदिक मान्यताविपरीत यस्ता जघन्य अपराधलाई धर्मनिषिद्ध पापकर्म ठहर गर्दै कडा निन्दा गरे। “यस्ता घटनाले विश्व समुदाय र हिन्दू समुदायलाई मर्माहत बनाएको छ। यस्ता कृत्यको विश्वव्यापी भर्त्सना हुनुपर्छ,” उनले थपे।

पूर्वराजाले यस्ता आतङ्ककारी घटनाको निन्दा गर्न र विश्व शान्तिका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन्।

प्रकाशित: १३ वैशाख २०८२ २०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App