१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मिलापत्रमा टुंगियो सिके दम्पतीको सम्बन्धविच्छेद मुद्दा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत दम्पतीको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ। बुधबार ललितपुर जिल्ला अदालतमा उनको सम्बन्धबिच्छेदको मुद्दा मिलापत्र भएको हो। 

राउतले श्रीमती सोनी सिन्धु रानीलाई अंश दिने तर सँगै भने नबस्ने गरी मिलापत्र गरेको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिए। उनले भने, 'अदालतले मिलापत्रमा पठाउने आदेश गरेको थियो। त्यसपछि उहाँहरूले मिलापत्र गर्नुभयो। मिलापत्रमा उहाँको श्रीमतीलाई मासिक ३३ हजार माना चामल भर्ने, श्रीमतीलाई अंश दिने र दिएको अंशमा घर बनाइदिने र बच्चा भने बुबासँगै रहने गरी मिलापत्र गर्नुभएको छ।' 

राउतले २०८१ भदौ १२ गते अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका थिए । राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने अनि माइत मात्र जाने गरेको र लामो समयदेखि भारतमा रहँदै आएको दाबी गर्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए।

प्रकाशित: ११ वैशाख २०८२ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App