२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज (बुधबार) एक जनाको मृत्यु भएको छ।

बा ५७ प ६१६६ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८२ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App