१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ ।  

सभापति शेरबहादुर देउवा पारिवारिक भ्रमण तथा स्वास्थ्य उपचारका लागि बैंकक गएपछि बैठक अनिश्चित बनेको हो । कांग्रेसको केन्द्रीय समिति बैठक यही वैशाख १७ गते बस्न तयारी थियो ।  

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकाल्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, 'पार्टी कार्यालयमा वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।' 

प्रकाशित: १० वैशाख २०८२ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App