३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

समाचार लेख्ने पत्रकारलाई घुँडा धसाउने प्रमुख प्रशासकीय अधिकृतको चेतावनी

धरान उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले समाचार लेखेकै आधारमा डिजिटल पत्रिका कपुरी न्यूजअनलाइन बन्द गर्ने धम्की दिएका छन् । समाचार लेख्नेलाई घुँडा टेकाउने उनको चेतावनी छ ।  

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले स्थानीय कपुरी न्यूजअनलाइन बन्द गर्ने र समाचार लेख्ने पत्रकार रश्मी प्रधानलाई मुख्यमन्त्री कार्यालय अगाडि घुँडा धसाउने धम्की दिएका हुन् ।  

शिक्षा महाशाखाका अधिकृत गणेशप्रसाद खतिवडालाई नगर प्रमुख हर्क साम्पाङ्ले निलम्बन गर्ने भनी फेसबुकमा स्टाटस लेखेपछि त्यस सम्बन्धी समाचार लेखेको भनी अधिकृत चौलागाईले धम्की दिएका हुन् ।

कार्यालयमाकामगर्ने वातावरण नभएको बेलात्यस्तो समाचार लेखेको भन्दै उनले परिस्थितिनबुझी समाचार लेखेकाले अनलाइनबन्दगर्दिन्छु भनीधम्कीदिएको हुन् । चौलागाईले समाचार लेखेकोमामुख्यमन्त्रीको कार्यालय अगाडि लगेर घुँडा धसाउने धम्कीदिएको पनिपत्रकार श्रेष्ठले बताइन् ।  

चौलागाईले सञ्चार माध्यम र पत्रकार श्रेष्ठलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पनि खेद व्यक्त गरेको छ । शाखा सचिव विनय बाराकोटीले विज्ञप्ति निकालेर चौलागाईंले दिएको अभिव्यक्तिले कानुनी शासनको उपहास भएको जनाएको छ ।  

यसैबीच, उच्च अदालत विराटनगरले शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालाई काम गर्नु गराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । धरान नगर प्रमुख साम्पाङ्ले खतिवडालाई बिदामा बस्नु भनि गरेको पत्राचार उत्प्रेषणको आदेशद्वारा बदर गर्दै कामगर्नु गराउनु भनिअदालतले अन्तरिम आदेश जारी गरेको हो । साम्पाङले चैत २९ गते खतिवडालाई पूर्व अख्तियारी विनाबिदामा बस्न पत्राचार गरेका थिए । खतिवडाले नगर प्रमुख साम्पाङ्को उक्तपत्राचार विरुद्ध वैशाख ५ गते उच्चअदालत विराटनगरमा अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए । न्यायधीशद्वय राजेन्द्र अधिकारी र सूर्यनाथ प्रकाश अधिकारीको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्रकाशित: ९ वैशाख २०८२ २०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App