१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रविको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाइ पछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब संयुक्त इजलासमा जाने भएको छ ।  

सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध आइतबार रवि पत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।  रवि अहिले भैरहवा कारागारमा छन् ।

प्रकाशित: ९ वैशाख २०८२ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App