नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आफूहरू नफर्किने बताएका छन्।
सोमबार (आज) रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। सरकारले चाहेको खण्डमा केही दिनमा नै विद्यालय शिक्षा विधेयक टुङ्ग्याएर जारी गर्न सक्ने उनले बताए।
उनले शिक्षामन्त्रीको राजीनामा र आफूहरूको आन्दोलनबीच कुनै सम्बन्ध नभएको पनि बताए।
अध्यक्ष सुवेदीले आफूहरूले सभामुख देवराज घिमिरेलाई भेट्दा १२ गते सर्वसम्मतिमा विधेयक दर्ता भएको खण्डमा १३ गते नै ऐन जारी गर्न सकिने बताएको जानकारी दिए।
आफूहरुले सरकारसँग २०७५, ०७८ र ०८० विभिन्न सम्झौता गरेको र अहिले तिनै सम्झौता कार्यान्वयनको लागि आन्दोलन भइरहेको उनले बताए।
प्रकाशित: ८ वैशाख २०८२ २१:०७ सोमबार





