१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ! धन्यवाद नेपाल सरकार! : महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाल सरकारलाई धन्यवाद दिएका छन्। 

सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको भन्दै धन्यवाद दिएका हुन्। उनले आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशशेर राणालाई सरकराले हाजिर जमानीमा छोडेको प्रसंगलाई सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको संज्ञा दिँदै धन्यवाद दिए।

उनले महामन्त्री राणाको स्वास्थ्य अवस्थालाई ध्यान दिएर सरकारले मानवीय हिसाबले उनलाई हाजिर जमानीमा छुटाएको उल्लेख गरेका छन्।

बस्नेतले भनेका छन्, 'राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशशेर राणा हाजिर जमानीमा छुटेका छन्। स्वास्थ्य अवस्थालाई ध्यान दिएर सरकारले मानवीय हिसाबले उनलाई हाजिर जमानीमा छुटाएको हो। सरकारले ढुङ्गाले हान्नेलाई फूलले हानेको छ! धन्यवाद नेपाल सरकार!'

प्रकाशित: ८ वैशाख २०८२ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App