११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय सदस्य पाठकले किन लेखे 'राजतन्त्र चाहिन्छ '?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले 'राजतन्त्र चाहिन्छ' भनेर लेखेका छन्।

गत वैशाख ५ गते फेसबूकमा उनले लेखेका छन्, 'मलाई लाग्छ कि जबसम्म जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने अवस्था रहँदैन, त्यो सामर्थ्य राख्दैनन्, त्यो समयसम्म देश र जनताको संरक्षणका लागि संरक्षकको रूपमा राजा चाहिन्छ।'

उनले अगाडि लेखेका छन्, 'एउटा कुरा मनमा लाग्यो। यो भनिएको उन्नत गणतन्त्रमा यस्तो लुट, भ्रष्टाचार, बेतिथि, अराजकता, अन्याय यती सत्ताको चरम दुरपयोग हुन्छ भन्ने लागेको भए ०६२/०६३ मा जनता सडकमा आउने थिएनन्। रक्षक नै भक्षक भएपछि कसैको लाग्दो रहेनछ। त्यही वितृष्णास्वरूप सडकमा राजतन्त्रको चर्चा सुरु भएको छ।'

पाठकले यो लेखेपछि उनको स्टाटसको पार्टी र पार्टी बाहिर पनि आलोचना भएको छ। तर, पाठकले भने आफू गणतन्त्रवादी नै भएको जिकिर गरेका छन्। नागरिकसँग उनले भनेका छन्, 'जति पनि गणतन्त्रवादी भन्ने नेता र दलहरू छन्, उनीहरूले राम्रा काम नगरेकाले राजतन्त्रका कुराहरू उठ्न थाल्यो। जे जति भएका छन्, गणतन्त्र मान्ने दलहरूका कारणले नै भएका हुन्। मुद्दा उठाउन पाइन्छ। तर, गणतन्त्रकै पक्षमा छु।'

पाठकलाई उनको स्टाटसबारे थप धारणा माग गर्ने रास्वपाको तयारी छ। रास्वपा स्रोतका अनुसार उनको थप प्रष्ट धारणा माग गर्ने तयारी गरिएको छ।

त्यसो त पछिल्लो समय भइरहेको राजतन्त्र र हिन्दूराष्ट्र पक्षीय प्रदर्शन तथा आन्दोलनका प्रति रास्वपा मौनप्राय: छ। यसो हुँदा रास्वपा राजावादी भएको आरोपसमेत लाग्ने गरेको छ। ठीक यहीबेला पाठकले त्यस्तो लेख्दा त्यो आरोपले रास्वपालाई 'ट्रीगर' गरिदिएको छ।

यो पनि पढ्नुहोस्

रास्वपा केन्द्रीय सदस्य पाठक लेख्छन्- राजतन्त्र चाहिन्छ

प्रकाशित: ७ वैशाख २०८२ २०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App