१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा केन्द्रीय सदस्य पाठक लेख्छन्- राजतन्त्र चाहिन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले 'राजतन्त्र चाहिन्छ' भनेर लेखेका छन्।

पाठकले गत वैशाख ५ गते फेसबूकमा लेखेका छन्, 'मलाई लाग्छ कि जबसम्म जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने अवस्था रहँदैन,त्यो सामर्थ्य राख्दैनन्,त्यो समयसम्म देश र जनताको संरक्षणका लागी संरक्षकको रूपमा राजा चाहिन्छ।'

उनले अगाडि लेखेका छन्, 'एउटा कुरा मनमा लाग्यो। यो भनिएको उन्नत गणतन्त्रमा यस्तो लुट, भ्रष्टाचार, बेतिथि, अराजकता, अन्याय यती सत्ताको चरम दुरपयोग हुन्छ भन्ने लागेको भए ०६२/०६३ मा जनता सडकमा आउने थिएनन्। रक्षक नै भक्षक भएपछि कसैको लाग्दो रहेनछ। त्यही वितृष्णास्वरूप सडकमा राजतन्त्रको चर्चा सुरु भएको छ।'

पाठकले यो लेखेपछि उनको पार्टी र पार्टी बाहिर पनि आलोचना भएको छ। पार्टीले उनको धारणा माग गर्ने बताएको छ।

प्रकाशित: ७ वैशाख २०८२ २०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App