११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अझै सुरू हुन सकेन एमाले विराटनगर कमिटीको मतदान

नेकपा एमाले विराटनगर कमिटीको निर्वाचन निरन्तर सारिएको छ । मंगलबार उद्घाटन गरिएको महानगर कमिटीको दोस्रो अधिवेशनमा सर्वसम्मत पदाधिकारी चयन गर्ने तयारी गरिएको भए पनि सर्वसम्मत नभएपछि निर्वाचन गर्ने समय बुधबारलाई तोकिएको थियो ।

बुधबार राती मतदान  गर्ने गरी तयारी गरिए पनि प्राविधिक कारणले निर्वाचन हुन नसकेको निर्वाचन समितिले जनाएको छ । सहमतिको थप प्रयास पनि सफल नभएपछि बिहीबार बेलुका ५ बजेलाई मतदान गर्ने सूचना जारी गरिएको थियो । तर, अझैसम्म पनि मतदान सुरू हुन सकेको छैन । बुधबार उम्मेदवारी दर्ता भने भइसकेको छ । संस्थापन र इतर समूह प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

विराटनगर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सुरू भएको अधिवेशनमा केपी ओली पक्ष र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । विद्या भण्डारी पक्षबाट अध्यक्षमा बलराम गिरी, उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेलले उम्मेदवारी दिएका छन् ।

यता संस्थापन पक्षबाट अध्यक्षमा रोहित कोइराला, उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगी रहेकी छिन् । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा नगर कमिटी चयन गर्न निर्देशन दिए पनि स्थानीय नेता कार्यकर्ता भने दुई वटा  प्यान बनाएर निर्वाचनमा उत्रिएका हुन् । 

प्रकाशित: ४ वैशाख २०८२ १७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App