९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

पार्टीबाट निलम्बित पाण्डेलाई ओलीले नै बोलाएर भेटे

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत पुस १० गते पार्टीकी पोलिटब्यूरो सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरे।

त्यसयता ओली-पाण्डेबीच भौतिक रूपमा भेटघाट र संवाद भएको थिएन। तर, वैशाख १ गते ओलीले नै फोन गरेर विन्दालाई नयाँ वर्षको शुभकामना मात्रै दिएनन्, भेट्न आउनसमेत निम्तो गरे।

त्यसअनुरूप पाण्डे मङ्गलबार (आज) ओली भेट्न प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगिन्। उनले ओलीसँग झन्डै ४५ मिनेट बिताइन्। 

गत फागुन २२ गते उनले 'भुइँमान्छे' नामक पुस्तक सार्वजनिक गरेकी थिइन्। त्यही पुस्तक उनले ओलीलाई दिइन् र समसामयिक गफगाफ गरिन्।

कारबाहीको विषय आउने भई नै हाल्यो। त्यस क्रममा ओलीले 'चित्त नबुझेको भए पनि आफूभित्रै राख्नुपर्थ्यो' भने। जवाफमा पाण्डेले आफूलाई लागेको कुरा बोलेको बताइन्। 

तर, पाण्डेलाई कारबाहीको पत्र आजसम्म हात परेकै छैन। उनले त्यही कुरा ओलीलाई सुनाइन्। जवाफमा ओलीले 'ए पत्रै हात परेको छैन' भनेर भने।

प्रकाशित: २ वैशाख २०८२ १९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App