१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा गुरुङ

नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद गुरुङसहित जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

महासंघका निवर्तमान जिल्ला अध्यक्ष गजेन्द्र थलङका अनुसार कमिटी उपाध्यक्षद्वयमा अर्जुन आङबुहाङ र अनिता सुब्बा, सचिवमा पदम राई, उपसचिवद्वयमा अस्मित लिवाङ र लाक्पा शेर्पा तथा कोषाध्यक्षमा मंगलसिंह थलङ चयन भएका छन्। एमाले केन्द्रीय सचिव तथा प्रतिनिधि सभाका सदस्य योगेशकुमार भट्टराई प्रमुख वक्ता रहेको कार्यक्रममा एमाले केन्द्रीय सदस्य टंक आङबुहाङ अतिथि वक्ता थिए।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव कृष्णराज लिम्बूको उपस्थितिमा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ र एमाले जिल्ला कमिटी उपसचिव गोपाल न्यौपानेसहितको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० चैत्र २०८१ १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App