१ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

सानाले ठूला पार्टीमाथि शासन गर्न खोजेपछि हामी एक भयौँ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकासका लागि ठुला दलहरु मिलेर सरकार बनेको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजना गरेको जागरण सभामा माओवादीप्रति लक्षित गर्दै नेता पोखरेलले साना पार्टीले ठूला पार्टीमाथि शासन गर्न खोज्न थालेपछि मुलुकको विकास अगाडी बढ्न नसक्ने निष्कर्षका साथ ठूला पार्टीको सरकार बनेको बताएका हुन् ।

माओवादी कहिले का‌ंग्रेसको काख चढेको छ कहिले एमालेको काख चढेर ५ वर्षसम्म सत्ता चलाउँला झैँ गरेपछि ठुला दल एक भएको नेता पोखरेलले बताए । ‘सङ्कट आउने बेला का‌ंग्रेस र एमाले मिल्ने गरेको छ ।’ पोखरेलले भने, ८४ मा हामी एक्ला एक्लै चुनाव लड्ने भनेर सरकार चलाएको हौँ ।’

नेता पोखरेलले विकास खाने होइन गर्ने हो त्यसका लागि कर्णालीको सरकारमा एमाले आएको बताए । ‘राजसंस्था प्रेत बनेर अहिले जनतालाई तर्साउन खोजेको हामीलाई सताउन आएको हाे’ नेता पोखरेलले भने,'जनताले ल्याएको परिवर्तनको रक्षा गर्नका लागि एमाले जनताको बिचमा आएको हौँ ।’

 मण्डलेको शासनमा जनताले धेरै दुःख पाएको तर, गणतन्त्र आएपछि दुरदराजसम्म विकास पुगेको उनले बताए । एमालेको नेतृत्वमा निरन्तर बलियो सरकार भइरहे मुलुकको काँचुली फेर्ने उनले उद्घोष गरे । माओवादीसँग पार्टी पनि मिसाइयो तर, प्रचण्डले आफू सत्तामा हुनुपर्ने स्वार्थका कारणले बलियो पार्टी फुट्नु परेको पोखरेलले बताए । उनले माओवादी सरकारमा भएको कर्मचारी कर्णालीमा आउन नमान्ने गरेको तर, अहिले एमाले सरकारमा आएसँगै कर्मचारीहरू आउन थालेको बताए ।

 जागरण सभामा पञ्चायत र राजाको पालामा २५० वर्षे शासनकालमा नेपालमा कूल ८ हजार किमी बाटो बनेको र अहिले गणतन्त्र आइसकेपछि १ लाख १० हजार किमी बाटो बनेको पोखरेलले बताए । उनले गणतन्त्रपछि नेपालमा धेरै विकास भएको बताए । जनताले ल्याएको व्यवस्था विरुद्ध एमालेले जागरण अभियान मार्फत कार्यक्रमहरू गरिरहेको नेताहरुले बताए ।  

प्रकाशित: २६ चैत्र २०८१ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App