२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २:५४ पूर्वाह्न
राजनीति

देश गम्भीर मोडमा छ, अब जनता जाग्नुको कुनै विकल्प छैन : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश गम्भीर मोडमा आइपुगेको बताएका छन्। 

सामाजिक सञ्जलामा लेख्दै लिङदेनले देश गम्भीर मोडमा आएको बताउँदै अब जनता जाग्नुको कुनै विकल्प नरहेको जिकिर गरे।

उनले भने, 'देश गम्भीर मोडमा छ ...अब जनता जाग्नुको कुनै विकल्प छैन।'

अध्यक्ष लिङदेनले म्याद सकिएको अश्रुग्यास प्रहरीले नहानेर प्रदर्शनकारीले हानेको हो? भन्दै प्रश्न समेत गरेका छन्। उनले सत्यको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीको नाइकेले नै जनताका प्रतिनिधिलाई ढाँटेपछि प्रहरी सरकारी पार्टीको भातृ संगठनमा परिणत भएको उल्लेख गरे।

'के यो म्याद सकिएको अश्रु ग्यास प्रहरीले नहानेर प्रदर्शनकारीले हानेको हो?' उनले लेखेका छन्, 'सत्यको सुरक्षा गर्ने जिम्मा लिएको प्रहरीको नाइकेले नै जनताका प्रतिनिधिलाई यसरी ढाँटेपछि... अब प्रहरी प्रहरी रहेन सरकारी पार्टीको भातृ संगठनमा परिणत भयो भन्दा फरक परेन।'

प्रकाशित: २३ चैत्र २०८१ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App