२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:१७ अपराह्न
राजनीति

महानगरमा तनाव हुँदा बालेन पाँचखालमा लस्सी पिउँदै थिए

बिहीबार (आज) काठमाडौं महानगरपालिकामा तनाव भयो। सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेशमा रोक्न खोजिँदा जनप्रतिनिधि-कर्मचारी एकतिर र महानगर प्रहरी अर्कोतिर ठेलमठेलको अवस्था बन्यो।

अधिकृत गुरागाईंलाई महानगर प्रवेश गराएर हाजिर गराउने कामको नेतृत्व उपप्रमुख सुनिता डंगोलले गरिन्। अन्तत: उनले छिरे र हाजिर गरे।

यसबेला प्रमुख बालेन शाह भने काभ्रे जिल्लाको पाँचखाल पुगेका थिए। त्यस बखत उनी पाँचखाल केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै थिए।

कफी एन्ड लस्सी सेन्टरका सञ्चालक कविन्द्र तिमिल्सिनाले नागरिकलाई बताएअनुसार बालेन आफ्ना केही सहयोगीहरूका साथ बिहान त्यहाँ पुगेका थिए। उनले त्यहाँ लस्सी पिएर बाहिरिएका थिए।

'ठ्याक्कै घडी त हेरिएन तर, उहाँ बिहान १०-११ बजेतिर होला आउनुभएको थियो होला। लस्सी लिएर उहाँहरू जानुभयो,' सञ्चालक तिमिल्सिनाले भने। ठीक त्यही बेला यता महानगर परिसरमा भने जनप्रतिनिधि र कर्मचारी र महानगर प्रहरीबीच ठेलमठेल चल्दै थियो।

बालेन बुधबार (हिजो) नै काभ्रेतर्फ लागेको बताइएको छ। उसो त उनले ठीक एक हप्ता अगाडि आफ्ना कर्मचारीले तलब खान नपाए सबैलाई 'टुकुचामा गाड्ने' चेतावनीपूर्ण स्टाटस फेसबूकमा लेखेका थिए। तर, एक हप्ता पुगेकै दिन उनी काभ्रेका लागि निस्किएका हुन्।

प्रकाशित: २१ चैत्र २०८१ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App