२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १३:२९ अपराह्न
राजनीति

महानगर प्रवक्ता भन्छन्: अब समस्या समाधान हुन्छ

काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष प्रवेश गरेका छन्।

नगर प्रहरीको अवरोधबीच प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका हुन्।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेपछि अब महानगरका कामहरु सहज हुने बताउँछन्।

मानन्धर भन्छन्, 'प्रशासकीय अधिकृत नहुँदा महानरगरका विकासका कामहरु रोकिएको थियो। कर्मचारीहरुको तलब रोकिएको थियो। यस्तो अवस्थामा व्यक्तिलाई भन्दा पनि समस्याको समाधान हेर्नुपर्छ भन्ने लाग्छ। भोलिका दिनमा यदि उहाँ दोषी देखिनुभएमा कारबाही हुने कुरा त छदैछ।' 

प्रकाशित: २१ चैत्र २०८१ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App