२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ८:५८ पूर्वाह्न
राजनीति

दाहालले गरे लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले लुम्बिनी प्राविधिक विद्यालयको अवलोकन गरेका छन्।

पार्टीको जागरण अभियानका क्रममा बाँके पुगेका दाहालसहितका नेताहरूले बिहीबार (आज) विद्यालयको अवलोकन गरेका हुन्।

त्यस क्रममा नेताहरूले विश्वविद्यालयको परिचय तथा अवधारणापत्र-२०८१ को छलफलमा समेत भाग लिएका छन्।

२०७९ सालमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको गौरवको आयोजनाको रूपमा लुम्बिनी प्राविधिक विद्यालय स्थापना भएको थियो।

प्रकाशित: २१ चैत्र २०८१ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App