२५ चैत्र २०८१ सोमबार
image/svg+xml ७:५२ पूर्वाह्न
राजनीति

शाहीले भने :गगन र विश्व प्रकाशज्यू, तपाईंहरूको आमसभामा प्रहरीले तीनकुनेमा प्रयोग गरेको कमलका फूलहरू देख्न पाऊँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)ले नेापली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालक्षित टिप्पणी गरेका छन्।

बुधबार राति सामाजिक सञ्जालमा लेख्दै शाहीले थापा र शर्माले गरेको आमसभामा काठमाडौँको तीनकुनेमा प्रहरीले प्रयोग गरेको कमलका फूल जस्ता सामग्रीहरू प्रयोग गरेको देख्न पाउँ भन्दै टिप्पणी गरेका हुन्। उनले सो पश्चात् मात्र उनीहरूको बोली कस्तो हुन्छ सुन्न पाम भन्दै भगवानसँग प्रार्थना गरेको बताए।

उनले लेखेका छन्, 'माननीय गगन थापा र विश्व प्रकाश शर्माज्यू। तपाईंहरूले गरेको आमसभामा काठमाडौँको तीनकुनेमा प्रहरीले प्रयोग गरिएका कमलका फूल जस्ता सामग्रीहरू प्रयोग गरेको देख्न पाऊँ त्यसपछि तपाईंहरूको बोली कस्तो हुन्छ सुन्न पाऊँ भगवानसँग यही प्रार्थना गर्दछु।'

शाहीले राजावादीहरूले गरेको चैत १५ गते काठमाडौँको तीनकुनेको एक दिनको विरोध प्रदर्शनमा प्रहरीले ६० राउन्ड गोली, ७४६ राउन्ड अश्रुग्यास, १९२ राउण्ड ब्ल्यांक राउण्ड, २३९ पटक कार्टिज (छर्रा) प्रहार गरेको उल्लेख गर्दै यसबाट २० जनामाथि गोली प्रहार र २ को मृत्यु भएको बताएका छन्।

यस्तै उनले हत्यालाई मजाक नसम्झिन समेत चेतावनी दिँदै एक दिन सबैको पालो आउने जिकिर गरे।

उनले लेखेका छन्, 'जता गएपनि डलर देख्ने डलरे समाजसेवी, डलरे मानव अधिकारकर्मी ,डलरे नागरिक अगुवा, पछुवाहरूलाई एकपटक प्रहरीले तीनकुनेमा प्रयोग गरिएका सामग्री प्रयोग गरेको देख्न पाऊँ। त्यसपछि तिमीहरूको डलर कसरी बाहिर निक्लिन्छ त्यो पनि हेर्न पाऊँ। हत्यालाई मजाक सम्झिएका छौ। होसियार एक दिन सबैको पालो आउँछ।'

प्रकाशित: २१ चैत्र २०८१ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App