२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:५८ पूर्वाह्न
राजनीति

आन्दोलन भड्किनुमा सरकार नै दोषी: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन भड्किनुमा सरकार नै दोषी रहेको जिकिर गरे।

साथै, सरकारले घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेको छ।

राप्रपाले तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ। राप्रपाले मृतक पत्रकारलाई बचाउन सरकार उदासीन रहेको लगाउँदै अनावश्यक रूपमा गोली चलाउनु सरकारको गल्ती भएको दाबी गरेको छ।

प्रकाशित: १६ चैत्र २०८१ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App