गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूले गरेको तोडफोडबाट भएको क्षतिको अनुगमन गरेका छन्।
शुक्रबार पूर्वराजा समर्थकको प्रदर्शन उग्र भएपछि काठमाडौँ महानगरपालिकाको तीनकुने आसपास चारकिल्लामा आज बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको थियो।
अवस्था सामान्य भएपछि प्रहरीले निगरानी राख्ने तर अब कर्फ्यु नलगाउने जानकारी दिएको छ।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिए पनि निषेधित क्षेत्र तोडेर निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्र र यातायातका सवारी साधनमा तोडफोड गरेका थिए।






प्रकाशित: १६ चैत्र २०८१ १०:४४ शनिबार