समाजवादी मोर्चाले राजावादी आन्दोलनका क्रममा आततायी गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
'यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भर्त्सना एवम् निन्दा गर्दछौँ। यस कार्यमा संलग्न आपराधिक र आततायी तत्त्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौँ,' मोर्चाकोले साँझ विज्ञप्ति जारी गर्दै भनेको छ।
यस्तै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न पनि मोर्चाले जोडदार माग गरेको छ।
राजावादीहरूले आज काठमाडौंको तीनकुने गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ। यस्तै केही गाडी र घर जलाइएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ २०:४८ शुक्रबार