१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:३२ पूर्वाह्न
राजनीति

नवराज सुवेदीले भने- आज हुन नपर्ने भयो

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजावादी प्रदर्शनका क्रममा भएका घटनाहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

एक भिडिओ सन्देशमार्फत उनले भनेका छन्, 'आज जे जे भयो, हुन नपर्ने भयो। यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार हुनुपर्छ। मलाई पश्चात्ताप छ।'

उनले आफूहरूको शान्तिपूर्ण प्रदर्शनलाई प्रशासनले थिचोमिचो गरेको उनले बताएका छन्। 'सुरुदेखि नै प्रशासनबाट अत्याचार, चिथोमिचो भयो। त्यहाँ ग्यास प्रहार गरियो। मैले बस्न पनि पाइनँ, बोल्न पनि पाइनँ। त्यस्तो किसिमको वातावरण सृजना भयो। त्यसले जनमानसमा आक्रोश पनि उत्पन्न भयो। छतमा बसेर ग्यास हानियो। त्यहाँ घरभरि प्रहरी लुकाएर राखिएको रहेछ। यो कुरा थाहा पाएपछि ती घर तोडफोड पनि भयो,' उनले भने।

आज काठमाडौंको तीनकुने आपसास भएको राजावादी आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको छ भने केही घर तथा गाडी जलाइएका छन्। यस्तै केही पसलहरू पनि लुटिएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App