काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समर्थकहरूको आन्दोलनका क्रममा स्थिति तनावग्रस्त बनेको छ। निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीय एक व्यक्तिको घरमा ढुङ्गामुढा गर्नुका साथै आगजनीसमेत गरेका छन्।
यसैबीच, आन्दोलनमा सहभागी एक प्रदर्शनकारीले आफ्नो सुनको सिक्री हराएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेको भिडियो भाइरल भएको छ। ती प्रदर्शनकारीले आन्दोलनस्थलमा २ तोला सुनको सिक्री हराएको भन्दै दुखेसो पोखेका छन्।
भाइरल भिडियोमा उनको गुनासो देखेपछि कतिपयले सामाजिक सञ्जालमा व्यंग्य गरेका छन्। ‘मर्न भनेर आन्दोलन गर्न गएको, सिक्री हरायो भन्दै किन रोएको?’ भन्दै प्रयोगकर्ताहरूले टिप्पणी गरेका छन्।
प्रकाशित: १५ चैत्र २०८१ १४:५५ शुक्रबार