१८ चैत्र २०८१ सोमबार
image/svg+xml ३:४१ पूर्वाह्न
राजनीति

जनआन्दोलन समितिले बनायो राणाको नेतृत्वमा १,१११ सदस्यीय आन्दोलन परिचालन समिति

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद धवलशमशेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।

उक्त समितिमा देशभरबाट १,१११ सदस्य रहनेछन्। 'धवलशमशेर राणा संयोजक रहेको आन्दोलन परिचालन समितिमा देशभरीबाट १,१११ सदस्य रहेकाछन्, जसलाई अझै विस्तार गर्न सकिनेछ,' बिहीबार (आज) पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

आन्दोलन परिचालन समितिअन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने समितिले जनाएको छ। आवश्यकताअनुरूप उपसमितिहरूसमेत बनाउन सकिने बताइएको छ। 

यस्तै संयुक्त जनआन्दोलन समितिलाई सुझाव र सल्लाह प्रदान गर्नेगरी जगमान गुरुङको नेतृत्वमा सल्लाहकार समितिसमेत बनाइएको छ।

प्रकाशित: १४ चैत्र २०८१ १५:४५ बिहीबार