९ वैशाख २०८२ मंगलबार
image/svg+xml
राजनीति

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउन सत्तारूढ दलका शीर्ष नेताहरू सहमत

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउन सत्तारूढ दलका शीर्ष नेताहरू सहमत भएका छन्।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकमा यस्तो सहमति भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ।

सरकारले संसद् अधिवेशन सुरु हुनु केही दिनअघि मात्र भूमिसहित ६ वटा अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बाँकी पाँच वटा अध्यादेश पारित भएपनि भूमिसम्बन्धी अध्यादेशलाई भने निर्णयार्थ पेस गरिएको थिएन।

सत्तारुढ दलहरु जसपा नेपाल र लोसपा उक्त अध्यादेशको विपक्षमा उभिएका थिए । प्रतिनिधि सभामा उनीहरुको सहयोग बिना नै अध्यादेश पारित गर्ने स्पष्ट बहुमत रहेपनि राष्ट्रिय सभामा ३ सांसद रहेको जसपा नेपालले सहयोग आवश्यक अनिवार्य थियो । 

प्रकाशित: १३ चैत्र २०८१ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App