१३ चैत्र २०८१ बुधबार
image/svg+xml १७:१९ अपराह्न
राजनीति

मेटमणि लेख्छन्- शासकहरू, तिमीहरूका कारण गणतन्त्र बदनाम भइरहेको छ

नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शासकहरूका कारण गणतन्त्र बदनाम भइरहेको बताएका छन्।

'याद गर, शासकहरू- तिमिहरूका कारण गणतन्त्र धरापमा पर्दैन, बदनामचाहिँ पक्कै भइरहेको छ। तर, तिमिहरूलाई धरापमा पर्नबाट भने कसैले रोक्न सक्दैन,' चौधरीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले शासकहरूले गणतन्त्रबारे चिन्ता नगर्दा हुने पनि बताएका छन्। 'गणतन्त्र नेपाली युवा र सचेत नागरिकहरूले जोगाउने छन्। बरू तिमी गणतान्त्रिक भनिने शासकहरू आफनो आनीबानी, चिन्तन र चरित्रलाई गणतान्त्रिक बनाउ,' उनले भनेका छन्।

यस्तै उनले दुईतिहाइको घमण्ड नगर्नसमेत भनेका छन्। 'दुईतिहाइमा थप सङ्ख्या थपेर जतिसुकै अङ्कको सरकार बनाए पनि त्यो अर्थहीन हुन्छ। बङ्गलादेशलगायत अन्य देशहरूमा पनि बहुमतकै सरकार हुँदा नि शासकहरू भाग्नुपरेको इतिहास ताजै छ। त्यसैले बहुमतको अङ्कमा शासकहरू घमण्ड नगरे हुन्छ,' उनले लेखेका छन्।

प्रकाशित: १२ चैत्र २०८१ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App