प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकम दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।
राष्ट्रपति भेट्न अध्यक्ष दाहाल सोमबार (आज) अपराह्न शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ।
यसपछि दाहाल प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको बैठकमा सहभागी हुँदैछन्। बैठकमा सहभागी हुनुपूर्व उनले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।
बताइएअनुसार उनीहरूबीच पूर्वराजा र राजावादीका पछिल्लो सक्रियताबारे पनि छलफल भएको छ।
यसअघि आजै सोलुखुम्बु पुगेका राष्ट्रपति पौडेलले पनि जनताले रगतसँग साटेको गणतन्त्रमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार भएको बताएका थिए। दाहालले त पूर्वराजा र राजावादीका सक्रियताका प्रति निर्मम टिप्पणी गर्दै नै आएका हुन्।
तीन शीर्षस्थ नेताहरूको बैठकमा पनि एउटा यही अजेन्डा रहेको छ। त्यससँगै उनीहरूका बीचमा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनेबारे पनि छलफल हुने बताइएको छ।
प्रकाशित: ११ चैत्र २०८१ १६:१९ सोमबार