संविधान संशोधनमा आधिकारिक धारणा बनाउन नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । यसका लागि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।
ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा अहिले संविधान संशोधनबारे सदस्यहरुले धारणा राखिरहेका छन् ।
बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधिबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित: १० चैत्र २०८१ १६:०० आइतबार