११ चैत्र २०८१ सोमबार
image/svg+xml २३:३६ अपराह्न
राजनीति

हिन्दू अधिराज्य र राजासहितको प्रजातन्त्र आउँछ : पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेले नेपाल हिन्दू अधिराज्य र राजासहितको प्रजातन्त्रिक राज्य हुने दाबी गरेका छन्।

शनिबार (आज) चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।

'हाम्रा राजाले गल्ती नगरिकन गल्ती भयो भनेर ल्याइएको प्रजातन्त्र अब पुग्यो। अब यो देश हिन्दू अधिराज्य र राजासहितको प्रजातन्त्र हुन्छ,' उनले भने।

उनले गणतन्त्र सीमित नेताहरूका लागि मात्रै भएको जिकिर गरे। 'टाउके-टाउके नेताहरू बसेर खसी काटेर भतेर लगाएर खाएको फोटो-भिडिओ बनाउने र जनता चाहिँ त्यही हेरेर बस्नुपरेको अवस्था छ,' उनले भने, 'के यही हो गणतन्त्र ?'

प्रकाशित: ९ चैत्र २०८१ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App