२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

स्वस्थ रहनका लागि खेलकुद आवश्यकः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन्।  

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले खेलकुद क्षेत्रलाई कांग्रेसले अझ अघि बढाउनुपर्ने बताए। उनले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण रहेको बताए। उनले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताए। उनले वस्थ शरीर आवश्यक रहेको बताए।

उनले भने, ‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ । स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमहरुले खेलाडीहरुको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ ।’ 

प्रकाशित: ७ चैत्र २०८१ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App