२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:४० अपराह्न
राजनीति

कपिलवस्तु बहुमुखी क्याम्पसमा २० वर्षपछि नेविसंघको नेतृत्व

<br>

दुई दशकपछि कपिलवस्तु सदरमुकाम तौलिहवास्थित जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसमा नेविसंघले जित निकालेको छ।

नेविसंघ नेतृत्वको संयुक्त विद्यार्थी संघले पूर्ण प्यानलसहित विजय हासिल गरेको हो। यसअघि करिब २० वर्षअघि नेविसंघका मोहम्मद वजी अर्सद क्याम्पस स्ववियु सभापति निर्वाचित भएका थिए। त्यसयता नेविसंघले नेतृत्व हात पार्न सकेको थिएन।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन नेपालको गठबन्धन (संयुक्त विद्यार्थी संघ) बाट सभापतिका उम्मेदवार रहेका नेविसंघका सन्दीप यादव ४७३ मतसहित विजयी भए।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका राज अग्रहरीले २६५ मत प्राप्त गरे। निर्वाचनमा ९६५ मतदाता रहेकोमा ७४७ मत खसेको थियो। सभापति पदका लागि ९ मत बदर भए।

सचिव पदमा संयुक्त प्यानलका मारुफ खानले ४११ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी अनुप चौधरीले ३१७ मत प्राप्त गरे।

कोषाध्यक्षमा संयुक्त प्यानलकै आराधना पाण्डेय ४३० मत ल्याएर निर्वाचित भइन् भने अनेरास्ववियुका सलिम अहमद मुसलमान २९१ मतमा सीमित भए।

त्यस्तै, सदस्य पदमा संयुक्त प्यानलका करण कुर्मीले ४५३, पंकज कुमार पासवानले ४३९, परशुराम यादवले ४३६, कुमारी शुभम वर्माले ४५२ र बजरंगी रैदासले ४४९ मत प्राप्त गर्दै विजयी भए।

सभापति निर्वाचित सन्दीप यादवले २२ वर्षपछि क्याम्पसमा नेविसंघले नेतृत्व पाउनु ऐतिहासिक भएको बताए। उनले विद्यार्थीको हकहित र क्याम्पसको विकासका लागि आफू प्रतिबद्ध रहने उल्लेख गरे।

जिल्लाको बाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पस बाणगंगा र गौतम बुद्ध क्याम्पस बुद्धभूमि–२ मा पनि नेविसंघले निर्वाचन जितेको छ।

उता बाणगंगा बहुमुखी क्याम्पस लौगाई, फलाहारी बाबा बहुमुखी क्याम्पस महाराजगंज, नेपाल आदर्श बहुमुखी क्याम्पस शिवराज–१ र समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरमा भने अनेरास्ववियु नेतृत्वले जित निकालेको छ।

प्रकाशित: ६ चैत्र २०८१ २०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App