राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले के नेपाल तस्करहरुको ट्रान्जिट प्वाइन्ट बनेको हो भन्दै सरकारलाई प्रश्न गरेकी छिन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्। यस्तो अवस्थामा नेपाली जनताको सहनशीलताको परिक्षा नलिन समेत सरकारलाई चेतावनी दिइन् । नेपाल दिन प्रतिदिन तस्करहरुको जालोमा फसिहरेको उनको भनाइ छ ।
उनले भनिन्, ‘भ्रष्टाचारमा नेपालले नयाँनयाँ कीर्तिमान कायम गरिराखेको छ । र हामी ठगीको उपाधिबाट घोषित भएका छौं । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु र सरकारलाई खबरदार भन्न चाहन्छु । सरकारले देशलाई कहाँ पुयाउन खोजेको हो ? ’
यस्तै अवस्था भए सरकार मात्रै नभई देश नै खतरामा पर्ने उनको भनाइ छ ।
प्रकाशित: ६ चैत्र २०८१ १२:०४ बुधबार





