पुलचोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन्।
कुल ३ हजार मतदातामध्ये १ हजार १ सय २ मतसहित श्रेष्ठ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी, माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत प्राप्त गरेका छन्।
श्रेष्ठ हाल स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन्।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन्।
सत्तारुढ नेविसंघ र अनेरास्ववियुको उम्मेदवार पराजित गर्दै श्रेष्ठ र सापकोटा विजयी भएका हुन्।
प्रकाशित: ५ चैत्र २०८१ १९:३७ मंगलबार