५ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:४५ अपराह्न
राजनीति

राष्ट्रिय सरकारबारे एकीकृत समाजवादी- त्यो व्यर्थ विषय हो

नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सरकारबारेको चर्चालाई व्यर्थ भनेको छ।

सोमबार (आज) बसेको स्थायी कमिटीको बैठकपछि पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, 'त्यसलाई हामीले व्यर्थ सम्झेका छौँ।'

राष्ट्रिय सरकार बन्ने चर्चा छ नि ? भनेर सोधिएको प्रश्नमा उनले भने, 'हामी त्यसबारेको कुनै सल्लाह र परामर्शमा सहभागी छैनौँ। अहिले राष्ट्रिय सरकार, सहमतिको सरकार वा त्यस्ता खाले कुनै विषयमा छलफल गरेका छैनौँ। र, यो कुरा अहिलेका लागि व्यर्थ हो भनेर सम्झेका छौँ।'

यसअघि माओवादी केन्द्रका नेता राजन दाहालले राष्ट्रिय सरकार बन्ने  कसरत भइरहेको बताएका थिए।

प्रकाशित: ४ चैत्र २०८१ १९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App