५ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:४५ अपराह्न
राजनीति

ज्ञानेन्द्र टिकट काटेर नारायणहिटी पस्न सक्छन्, त्यो सुविधा उनलाई छ : खतिवडा

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष  जगन्नाथ खतिवडाले नेपालमा राजसंस्था नफर्किने दाबी गरेका छन्।

सोमबार (आज) बसेको स्थायी कमिटी बैठकपछि उपाध्यक्ष खतिवडाले यस्तो दाबी गरेका हुन्।

'यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था आउँछ। ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन्, उनलाई त्यो ठाउँ छँदैछ। श्रीपेज पनि सुनारलाई बनाउन लगाएर नारायणहिटीभित्र पसेर लगाउन सक्छन्। तर, यो देशमा न ज्ञानेन्द्र, न उनका शाखा-सन्तान, न अरु कोही। कसैको परिकल्पना वा हावा सोचमा न राजसंस्था आउँछ, न राजा आउँछ, न तिनलाई आउन दिइन्छ,' खतिवडाले भने।

अगाडि उनले भने, 'तिमीहरू हार्दै छौ, तिमीहरू नाटकी हौ। तिमीहरूको कालो कर्तुत, निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ। त्यसकारण तिम्रा विरुद्धमा जनताको गणतन्त्रको चेतना कति सबल छ भनेर एकपटक सानो झल्को देखाइदिउँ, बाँकी रह्यो भने त हामी धेरै कुरा गरौँला।'

प्रकाशित: ४ चैत्र २०८१ १९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App