२४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न नीतिगत सुधारका काम अघि बढाएको बताए। उनले मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न सरकारले काम गरिरहेको बताए। उनले आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताए। उनले उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए।

मन्त्री भण्डारीले भने, ‘अहिलेको वर्तमान सरकारले आजका व्याप्त निराशा चिर्न पहिलो कुरा नेपालको शासकीय प्रणालीभित्र जुन प्रक्रियागत जटिलताले जगडिएको छ । त्यसलाई अन्त्य गरेर मुलुकमा रोजगारी सिर्जना गर्न, लगानी प्रवद्र्धन गर्न, आन्तरिक वा वाह्य लगानी प्रवद्र्धन गर्न हामी लागेका छाँै । आजको राष्ट्रिय समस्यालाई सम्बोधन गर्नेकुरा सरकारको प्राथमिकता हो । नेपालको शासकीय प्रणालीभित्रका जटिलताको समाधान गर्नेकुरा पहिलो प्राथमिकतामा राखेर नीतिगत सुधारको मार्ग प्रशस्त गरेका छौँ । नेपालको उद्यमशिलतामा थुप्रै आशालाग्दा महिला दिदिबहिनीहरुले प्रयत्न गरिरहनुभएको छ । उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैन । त्यसका लागि वर्तमान सरकारले थुप्रै नीतिगत सुधारका कार्यक्रम अघि बढाएको छ । ’

प्रकाशित: ३ चैत्र २०८१ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App