जिल्लाको सोताङ पब्लिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।
क्याम्पस प्रमुख ददिराम धमलाका अनुसार निर्वाचन अनिश्चितकालीन स्थगित भएको हो। यसअघि मङ्गलबार (हिजो) मनोनयन दर्ताका क्रममा फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अखिल (क्रान्तिकारी) ले क्याम्पसमा तालाबन्दी गरेको थियो।
क्रान्तिकारीले क्याम्पस प्रशासन र निर्वाचन समितिसहितको मिलेमतोमा फर्जी विद्यार्थी भर्ना गरिएको आरोप लगाएको छ।
सबै विद्यार्थी युनियहरूका बीचमा फागुन २५ गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई मतदानमा सहभागी गराउने सहमति भए पनि फागुन २६ मा भर्ना भएका विद्यार्थीहरूको समेत नामावली प्रकाशन भएपछि त्यहाँ लफडा परेको हो।
पूर्वसहमतिअनुसार क्रान्तिकारीले फागुन २६ मा भर्ना भएका विद्यार्थीहरूको नाम हटाउन माग गरेको थियो। तर, अहिलेसम्म नामावली सच्याउने काम नभएको क्रान्तिकारी उपाध्यक्ष अम्बिरकाजी राईले बताए।
यससँगै निर्वाचन अनिश्चित बनेको हो। मतदान आगामी चैत ५ गते तय गरिएको छ।
यो पनि पढ्नुहोस्
स्ववियु निर्वाचनमा प्रचारप्रसारको प्रमुख माध्यम टिकटकप्रकाशित: २८ फाल्गुन २०८१ २०:१८ बुधबार





