२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ४:२१ पूर्वाह्न
राजनीति

मन्त्री भएपछि सोचे अनुसार काम गर्न सकिएन: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री पदमा रहेपछि आफूले सोचेअनुसारको काम गर्न नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

मन्त्री गुरुङले मन्त्री बनेको ४-५ महिना भएको जस्तो लागे पनि वास्तवमा ८ महिना बितिसकेको र आफूले सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताए।

उनले आइटी र टेलिकम क्षेत्रलाई व्यवस्थित बनाउनु आवश्यक रहेको जनाए। उनले शासकीय शैलीमा सुधार नगरी अघि बढ्न नसकिने बताउँदै पुरानो शासकीय शैलीबाट अब अघि बढ्न नसकिने जिकिर गरे।

मन्त्री गुरुङले अध्यादेशलाई गलत तरिकाले प्रचार गरिएको भन्दै यसप्रति आपत्ति जनाए। उनले भने, “मन्त्री बनेको ८ महिना बितिसक्यो। बितेको समयको थाहा छैन। ४-५ महिना भयो जस्तो लागेको थियो तर असार ३१ गते मन्त्री भएको ८ महिना पुगिसक्यो। यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन भन्ने होइन, तर खोजेको परियोजना भने भएन। टेलिकम इण्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्छ। आइटी इण्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ।”

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवद्र्धन र अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धिका लागि कुनै सम्झौता नहुने बताए। उनले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कार्यहरूलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको पनि जानकारी दिए।

प्रकाशित: २८ फाल्गुन २०८१ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App