१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘आर्थिक तथा वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछ’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्ने उद्देश्यले केही नेपाली ऐनमा संशोधन गर्ने विधेयक ल्याएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसदहरुको विरोधको सुचना राखिएपछि मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्।

मन्त्री पौडेलले यस विधेयकले मुलुकमा लगानीको अनुकूल वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो गरेको कारण अध्यादेश मार्फत यो विधेयक ल्याउनु परेको बताए।

मन्त्री पौडेलले भने, “यस विधेयकले आर्थिक तथा लगानीको वातावरण सुधार गर्नेछ। यसले लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नेछ। विधेयकको सन्दर्भमा सार्वजनिक भइरहेका प्रतिक्रियाले नै यो कुरा बोलेको छ। त्यसैले आरोपबाट निष्कन्ट पनि म आग्रह गर्न चाहन्छु। यो विधेयक व्यवसायिक वातावरण निर्माणका लागि ल्याइएको हो। लगानीमा संकुचनको स्थिति देखा परेको छ। व्यवसायिक वातावरण निर्माण नभएको भन्दै निजी क्षेत्रले समस्याहरु उठाएका थिए। यसले समस्या समाधान गर्नेछ।”

मन्त्री पौडेलको भनाइ अनुसार यस विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउनेछ। सरकारले आर्थिक तथा व्यवसायिक वातावरण सुधार गरी लगानी बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App