३ वैशाख २०८२ बुधबार
image/svg+xml २२:८ अपराह्न
राजनीति

कुलमानलाई हटाउने विषयमा उहाँको जवाफ पर्खिरहेका छौँ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उनको जवाफ कुरिरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन्। 

यसअघि २१ फागुनको मन्त्रिपरिषद् बैठकले खड्कालाई कुलमानसँग ‘पदबाट किन नहटाउने?’ भन्दै स्पष्टीकरण सोध्ने अधिकार दिएको थियो। बिहीबार उनले कुलमानलाई स्पष्टीकरण पठाएका छन्। कुलमानलाई हटाउने नहटाउने भन्ने कुरा छलफलको विषय भएको भन्दै मन्त्रीले भने, ‘उनको जवाफ आएपछि भनौँला, कुरिरहेका छौँ।’

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिएका उनले आफ्नो कुराको बचाउ गर्दै आज पनि एक हजार मेगावटभन्दा बढी विद्युत् भारतबाट आयात गरिरहेको उल्लेख गरेका छन्। उनले यो विषय कुलमानसँग आफ्नो व्यक्तिगत नभएको जिकिर गर्दै ‘कर्मचारी अनुशासित र मर्यादित’ हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८१ २०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App